बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दुग्ध उद्योगले उत्पादनमा विविधिकरण गर्नुपर्छ : मुख्यमन्त्री राई

दैनिक नेपाल २०७६ फागुन १४ गते २१:३८

विराटनगर, १४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले डेरी उद्योगले उत्पादनमा विविधिकरण गरी आयात प्रतिस्पथापन गर्नु पर्ने बताए ।

विराटनगर महानगरपालिका–१४ जतुवामा नवस्थापित सुर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिज प्रापिको आज उद्घाटन गदै उनले उद्योगले रामो ब्राण्डिङ्ग गरी अन्तर्राष्ट्रिय बजारमा चकलेट उत्पादन गरी निर्यातबाट वजेट घाटा न्यूनिकरणमा सहयोग गर्न आग्रह गरे ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले कृषिलाई प्रहिलो प्राथमिकतामा राखेकोले उल्लेख गर्दै राष्ट्रको मेरुदण्डको रुपमा रहेको कृषिलाई आधुनिककरण, आद्योगिककरण लागि आगामी नीति तथा कार्यक्रममा यसमा विशेष वजेटको व्यवस्था गरिने जानकारी दिए ।

उनले नेपालमा सवभन्दा वढी दुध उत्पादन हुने यस क्षेत्रमा ‘मिल्क होलिडे’ अन्त्यका लागि विराटनगर दुग्ध आयोजना र कामधेनु लगायतका अन्य डेरी उद्योगमा आवश्यक व्यवस्थापन गरेको स्मरण गराउदै मासुजन्य पदार्थ, अन्न लगायतका अन्य कृषि उत्पादनमा आत्मनिर्भर रहन कृषिमा यान्त्रीकरणका सरकारको साथ र सहयोग सदैव रहने प्रतिवद्वता व्यक्त गरे ।

मुख्यमन्त्रीले प्रदेश सरकारले कुषि अनुदान वैज्ञानिक र व्यवहारिक र उपयोगी बनाउनका लागि एक आर्थिक वर्षको अनुदानलाई आधारमानि आगामी दिन यस सम्वन्धी कार्यविधि र कानून बनाइ कार्य गर्ने जानकारी दिर्दै उहाँले किसानलाई उत्साहित प्रोत्साहित गरी उत्पादनमा वृद्धि गर्नका लागि यस वर्ष ८ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिए ।

मुख्यमन्त्री राईले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणका लागि कृषिमा आधारित उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामवहादुर मगरले गाई, दाना, घाँस उत्पादनमा सहयोग रहने जानकारी दिँदै कृषिलाई व्यवसायिक उद्योगमा लग्नुका साथै विषादी रहित कृषि उत्पादनमा गर्न कृषकहरुलाई आग्रह गरे ।

नेपाल डेरी एशोसिएशनका उपाध्यक्ष एवं शुभारम्भ डेरी उद्योग काभ्रेका सञ्चालक राजन दाहालले डेरी उद्योगको भविष्य उज्जवल रहेको छ भन्दै दुग्ध उत्पादन र प्रशोधनमा अलग अलग अनुदानको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

उद्योगका सञ्चालक अनुज यादव,मन्त्रालयका सचिव विमलकुमार निर्मल,नेकपामा पूर्व सांसद गुरु वराल, समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादव, समाजसेवी दिनवन्धु गोयल, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले गाईभैसीमा गुस्तरीय नश्ल सुधार, बैंक तथा विमाले सहुलियन ऋण र सेवा उपलव्ध गराउन आग्रह गरे ।

अत्याधुनिक प्रविधि युक्त उद्योगले प्रतिघण्टा दुई हजार तथा दैनिक २० हजार लिटर दुध प्रशोधित गर्ने क्षमता रहेको छ ।

तीन जना सञ्चालक रहेको रु छ करोडको लागतमा दुई कठृा दश धुर जग्गामा स्थापित उद्योगले मोरङ र धनकुटाको ग्रामीण क्षेत्रमा दुग्ध सहकारीवाट दैनिक पाँच हजार दुध संकलन गरी बजारमा दैनिक दही, घिउ, पनिर, बटर र प्रशोधित स्टयाण्डर र होल दुध वजारमा विक्री वितरण गर्ने गरेको छ ।

उद्योगमा हाल ३० जनाले रोजगारी पाइरहेका छन् भने उत्पादित दुधवाट धुलो दुधको आयात प्रतिस्थापनमा सहयोग पुगेको सञ्चालक मनोज यादवले बताए ।

उद्योगले आगामी दिनमा दुधका अन्य विविध परिकारकासाथै धुलो दुध समेत उत्पादन गर्ने लक्ष्य राखेको सोही अवसरमा जानकारी गरायो ।

प्रतिक्रिया
सम्बन्धित