बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

गण्डकी विकास बैंकद्वारा फर्निचर सामाग्री हस्तान्तरण

दैनिक नेपाल २०७६ फागुन १४ गते २०:१८

पोखरा, १४ फागुन । गण्डकी विकास बैंक लिले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पोखरा महानगरपालिका वडा नं. ३१, बेगनासस्थित श्री आनन्द ज्योति माध्यमिक विद्यालयलाई फर्निचर सामाग्रीहरु एक समारोहका बीच हस्तान्तरण गरेको छ ।

यसरी वितरण गरिएका समाग्रीहरुमा १५ जना सम्म बस्न मिल्ने ५ वटा सोफा, २ वटा अफिस टेवल तथा कार्पेट लगाएतका सरसामाग्रीहरु रहेका थिए । यस सहयोगबाट विद्यालयको शैक्षिक उन्नयनमा टेवा पुग्ने विश्वास लिईएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता बैकका अध्यक्ष सुशिल गौचनले गरेका थिए भने बैंकका सञ्चालक किशोर ओझा, प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा समेतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

उक्त सामाग्रीहरु अध्यक्ष सुशिल गौचनको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै बैंकका अध्यक्ष सुशिल गौचनले विद्यालयलाई आवश्यक भएको फर्निचर सामाग्री सहयोग गर्न पाउँदा खुशी लागेको तथा बैंकले सामाजिक क्षेत्रमा गरेको योगदानले समाजका विभिन्न तहका समुदायहरु लाभान्वीत भई रहदा बैंक स्वयंको गरिमा बढेको महशुस भएको जनाए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले गण्डकी विकास बैंक नेपाल अधिराज्यभर सशक्त शाखा सञ्जाल भएको विकास बैंक भएको र बैंकले प्रदान गर्ने सेवा एवं सुविधाहरु विशिष्टकृत रहेको बताए ।

उनले बैंकका अन्य गतिविधिका विषयमा समेत प्रकास पार्दै पोखराको समिपमा रहेको सामुदायीक विद्यालयलाई यसरी सहयोग गर्न पाउनु अवसर भएको बताए ।

विद्यालयका प्राचार्य शिवराज अधिकारीले विद्यालयको गतिविधिबारे प्रकाश पारेका थिए भने व्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ अधिकारीले बैंकले प्रदान गरेको सहयोग प्रति आभार व्यक्त गर्दै विद्यालयको उन्नयन एवं विकासका लागि आगामि दिनमा समेत बैंकले यस प्रकारको सहयोग पुर्याउने छ भन्ने आशा व्यक्त गरे । कार्यक्रमको संचालन बैंकका सामान्य प्रशासन विभाग प्रमुख मोहन गिरीले गरेका थिए ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षीका, विद्यार्थी, अभिभावक एवं स्थानियहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित