शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

पोखरामा ५० शैय्याकाे सैनिक अस्पताल उद्घाटन

दैनिक नेपाल २०७६ फागुन १४ गते १८:५९

काठमाडौँ, १४ फागुन । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले फागुन १४ गते वुधबार कास्कीको पोखरामा ५० बेडको सैनिक अस्पताल उद्घाटन गरेका छन् । बहालवाला तथा भु.पू.सैनिक र आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि सैनिक अस्पतालको उद्घाटन गरिएको हो ।

२०७४ मंसिर १५ गतेबाट निर्माण सुरु भई २०७५ पुस १५ गते निर्माण सम्पन्न भएको अस्पताल आज फागुन १४ गतेबाट संचालनमा आएको हो । उक्त अस्पतालमा जनरल ओ.पि.डि., मेडिकल ओ.पि.डि., डेन्टल, प्याथोलोजी, ई.एन.टि., गाईनो, फार्मेसी, रेडियोलोजी र माइनर ओ.टी. लगायतका सेवाहरु संचालन गरिएको छ ।
उक्त उद्घाटन कार्यक्रममा बलाध्यक्ष रथी, अन्य बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, नेपाली सेनाका सकलदर्जा, संचारकर्मी तथा विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित