१ कार्तिक २०८३, आइतबार

नेताहरुको काठमाडौँमा महल कसरी ठडियो : बाबुराम भट्टराई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १४ फागुन । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छने ।

उनले प्रतिनिधिसभाको वुधबारको बैठकमा आफूलगायत नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् ।

नेताहरुको काठमाडौँमा महल कसरी ठडियो भन्नेबारे छानबिन हुनुपर्ने उनको तर्क थियो ।

‘मलगायत सबैको सम्पत्ति छानबिन गरौँ,’ भट्टराईले भने, ‘हिजो हामी त साथीहरूले दिएको जडौडी लुगा, चप्पल लगाएर हिड्थ्यौं। अहिले हामी कसरी सुटेटबुटेट भएका छौँ । कसरी चिल्ला कार चढेर हिडेका छौँ ।’

उनले आफू गणितमा चासो राख्ने र अर्थमन्त्रीसमेत भइसकेको व्यक्ति भएकोले जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौँमा महल ठड्याउन नसक्ने बताए ।

त्यस्तै उनले भने, ‘कतिपय मान्छेले सरकारका दुई वर्ष खेर गयो भनेका पनि छन् तर मान्छेपिच्छे हेराइ त फरक पर्छ नै ।’

भट्टराईले आफू प्रधानमन्त्री हुँदा मातातीर्थ, महादेवस्थान, सतुंगललगायत ठाउँमा मोहीले कमाइरहेका जग्गा दर्ता गर्ने निर्णय भएको पनि उल्लेख गरे ।