शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दैनिक नेपाल २०७६ फागुन १४ गते १३:०८

सांकेतिक तस्वीर

गुल्मी, १४ फागुन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ निसिखोला गाउँपालिका ३ घर भई गुल्मी रुरु गाउँपालिका ४ चौतारामा बस्ने २३ वर्षीय तिल बहादुर बुढालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

बुढाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित