१ कार्तिक २०८३, आइतबार

भाजपा नेताले भड्काए दिल्लीमा दंगा ! २० जना बढीको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नागरिकता संशोधन कानुनको विरोधमा झन्डै अढाई महिनादेखि भारतको नयाँ दिल्लीमा भएको बिरोध प्रदर्शन एकाएक दंगामा परिणत हुँदा कम्तिमा २० जनाको मृत्यु भइसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भ्रमण भएका बेला भारतमा दंगा भड्किएको हो । करिब ३० बर्ष यताकै यो ठूलो दंगा भएको बताइएको छ । केन्द्र सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीका नेता कपिल मिश्राका कारण दंगा भड्किएको दाबी गरिएको छ ।

मुस्लिम अगुवा र नागरिकता कानुनका विरोधीहरूले मिश्राका कारण नै दंगा भड्किएको दाबी गरिरहेका छन् ।

दंगाको स्वरुप धार्मिक हिंसाका रुपमा देखा परेको छ । नागरिकता कानुन संशोधनको विरोधमा मुस्लिम महिला र अगुवा दिल्ली धर्नामा थिए । हिन्दु–मुस्लिम विषयमा दंगा भड्किएको बताइएको छ ।

दिल्ली प्रहरीले दंगा नियन्त्रणका निम्ति प्रयत्न गरेको छ । तर, यतिले पनि अवस्था सामान्य हुन सकेको छैन । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दंगा नियन्त्रणका लागि केन्द्र सरकारसँग कफ्र्युको माग गरेका छन् । यस्तै सेना परिचालनका लागि पनि उनको माग छ ।