शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

गायक ढकाललाई सडकमा पुर्याउने दाबी गरिएका लालिगुराँस सहकारी सञ्चालक भण्डारी नै कालोसूचीमा

दैनिक नेपाल २०७६ फागुन १४ गते १२:५४

ललितपुर, १४ फागुन । ललितपुरको लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र भण्डारी भैरवकुण्ड हाइड्रोपावर लिमिटेडको ऋण तिर्न नसकेपछि कालो सूचीमा परेका छन् ।

काठमाण्डौैँ महानगरपालिका १ कमलपोखरीस्थित हाइड्रोपावरको सञ्चालक रहेका भण्डारी आवद्ध कम्पनीले ऋण तिर्न नसकेपछि हाइड्रोपावर डुब्ने अवस्थामा पुगेका छ भने संस्थागत रुपमा जमानत बसेको अध्यक्ष भण्डारी नेतृत्वको लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्था समेत थप जोखिम र बदनाम बन्ने अवस्थामा छ ।

सहकारीका अध्यक्ष भण्डारी सहित अन्य पाँच जना सञ्चालक रहेको कम्पनीले समयमै ऋणको सावा, ब्याज र किस्ता नतिरे पछि सानिमा बैंकले धितो लिलाम प्रक्रिया अघि बढाएको छ । लालीगुराँस सहकारी संस्था लोकप्रिय गायक रामकृष्ण ढकालको ऋण प्रकरणमा पनि लामो समयदेखि विवादित छ ।

सानिमा बैंक लिमिटेडले गत फागुन ८ गतेको कान्तिपुर दैनिकमा ऋणी भैरवकुण्ड हाइड्रोपावर लिमिटेडको नाममा धितो लिलामीका लागि १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

बैंकले यसअघि गत पुस १६ गते कान्तिपुर दैनिक पत्रिकामै सम्पूर्ण कर्जा चुत्ता गर्ने बारे ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

पटक पटकको मौखिक र लिखित अनुरोधलाई बेवास्ता गरेको भैरवकुण्डले सार्वजनिक सूचना प्रकाशन पश्चात पनि कर्जालाई पूर्ण रुपमा नियमित नगरि कर्जाको बक्यौता, व्याज, हर्जाना लगायतका दैदस्तुर समेत चुक्ता भुक्तान गर्न ऋणी र जमानीकर्ताले कुनै ध्यान नदिएको, सहवित्तियकरण समूहका बैंक तथा वित्तिय संस्थाहरुबाट उपभोग गरेको कर्जा तिर्ने बुझाउने तर्फ हाल सम्म सम्पुष्टि हुने कुनै किसिमको स्पष्ट यथार्थ कार्यान्वयनयूक्त तथा ठोस कार्ययोजना समेत पेश गर्न नसेकाले लिलामीको प्रक्रिया अघि बढाएको सानिमा बैंक केन्द्रीय कार्यालय नक्सालले जनाएको छ ।

अब भैरवकुण्डले ऋण तिर्न नसके पछि कम्पनीका नाममा सिन्धुपाल्चोक मालपोत कार्यालयमा दर्ता रहेको तातोपानी गाविस वडा नम्बर ४ को कित्ता नम्बर १९२ र २०६ को क्षेत्रफल १०–५–३–० र ४–३–१–१ (रोपनी) जग्गा, यस जग्गामा निर्मित ३ मेगावाट जडित क्षमता रहेको भैरवकुण्ड हाइड्रो पावर परियोजना र यस अन्र्तगतको सम्पूर्ण घर, भवन, टहराका साथै जडान भएका सम्पूर्ण प्लान्ट, मेशिनरी उपकरण लगायतका चल अचल सम्पति लिलाम गरिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित