१ कार्तिक २०८३, आइतबार

नेकपा सचिवालय बैठक भाेलि विहान ११ बजे बस्दै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १३ फागुन । सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि वुधबार विहान ११ बजे बस्ने भएको छ । संविधान संशोधनका लागि कार्यदल गठन गरेको विषयमा विवाद आएपछि बैठक आह्वान गरिएको जनाइएको छ ।

राष्ट्रिय सभा सदस्यलाई समेत प्रतिनिधि सभा सदस्य सरह प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्न कार्यदल गठन गरिएको थियो ।

तर कार्यदलको सदस्य रहन नेता सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा दुवैले अस्वीकार गरेका छन् भने यस सम्बन्धमा पार्टीभित्रै निकै विरोध भएको छ । यिनै विषयका बारेमा टुंगो लगाउन सचिवालय बैठक बोलाइएको एक नेताले जनाएका छन् ।