१ कार्तिक २०८३, आइतबार

पाँच लाख पुरस्कारकाे भलिबल प्रतियोगितामा प्रशासकीय अधिकृतको टिम विजयी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अछाम, १३ फागुन । अछाममा जारी प्रदेशकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिताको उपाधि प्रमुख प्रशाशकीय अधिकृतको टिमले प्राप्त गरेको छ ।

सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला पुरुष प्रतियोगिताको फाईनलमा अधिकृतको टिमले आयोजक जीपी कोईराला प्रतिष्ठानको टिमलाई पराजित गर्दै नगद पाँच लाख रुपैयाँसहित उपाधिमाथि कब्जा जमाएको हो ।

साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मिप्रसाद शर्मा नेतृत्वको टिमले आयोजकलाई ३–१ को सेटले पाराजित गरेको हो ।
पहिलो सेट आयोजकले २५–२३ ले जितेको थियो भने त्यसपछि अधिकृतको टीमले त्यसपछि २५–२०, २५–२२ र ३०–२८ ले खेल जितेको थियो ।

जितसँगै प्रमुख प्रशाकिय अधिकृतको टिमले नगद ५ लाख रुपैयाँसहित कप, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो स्थान हासिल गरेको आयोजक जिपी कोईराला प्रतिष्ठानले नगद २ लाख ५० हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रमुख प्रशासकीय अधिृकतको टिम नेकपा बाब्ला १३ नं. वडा कमिटीलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो भने आयोजक गिरिजा प्रसाद कोइराला प्रतिष्ठान जिल्ला शाखा अछाम एन्जिला पुस्तक पसललाई पराजित गर्दै फाईनला प्रवेश गरेको थियो ।

यसअघि तेस्रो स्थानको लागि भएको खेलमा नेकपा बाब्ला १३ नं. वडा कमिटीलाई पराजित गर्दै एन्जिला पुस्तक पसलले तेश्रो स्थान हासिल गरेको हो ।

तेस्रो भएको एन्जिलाले नगद १ लाख ५० हजार रूपैयाँ पुरस्कार जितेको छ भने कप, मेडल र प्रमाण पत्र समेत पाएको छ । सान्तवना मा चित्त बुझाएको नेकपा १३ नं. वडा कमिटी बाब्लाले नगद रु. ५० हजार पुरस्कार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताभरी सर्वोत्कृष्ट खेलाडी घोषित अन्तराष्ट्रिय खेलाडी कमल गहतराजले नगद रु. १० हजार प्राप्त गरे । उत्कृष्ट लिफट्र जनक खड्का,

उत्कृष्ट सर्वर धिरज बस्नेत, उत्कृष्ट ब्लकर सुरेन्द्र बम, उत्कृष्ट खेलाडी गौरव पाण्डे, अनुशासित खेलाडी राम धामी र उदयमान खेलाडी तेजेन्द्र बिष्टले समान नगद रु. ५ हजार पुरुस्कार प्राप्त गरे ।

यस्तै प्रतियोगिताको उद्घाटनमा भएको भेट्रान खेलबाट म्यान अफ द म्याचको पुरस्कार कञ्चनपुर ओरिजनको तर्फबाट साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद शर्माले प्राप्त गरे ।

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते देखि आयोजित प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो ।