आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

ड्याट्सन गाडीको ‘हट डिल’ योजनाको विजेताहरु घोषित

दैनिक नेपाल २०७६ फागुन १३ गते २०:०३

काठमाडौँ, १३ फागुन । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले दशैँतिहारको उपलक्ष्यमा संचालन गरेको “ड्याट्सन हट डिल” योजना अन्र्तगत ग्राहकहरुलाई लक्षित गरी विभिन्न पुरस्कारहरु घोषणा गरेको थियो ।

यस योजना अन्र्तगत नयाँ कार खरिद गर्ने सम्पूर्ण ग्राहकहरु “ड्याट्सन हट डिल” लक्की ड्र का लागि योग्य मानिएका थिए । यस योजनाका भाग्यशाली विजेताहरु फागुन १३ गते पायोनियर मोटो कर्पको आधिकारिक शोरुम थापाथलीमा घोषणा गरिएको छ ।

लक्की ड्र प्रक्रियाद्वारा १० जना भाग्यशाली जोडी थाइल्याण्डको भ्रमणका लागि तथा ५ जना भाग्यशाली ग्राहकहरु १०/१० ग्रामको सुनको सिक्काका लागि छानिएका छन् ।

सो कार्यक्रममा पायोनियर मोटो कर्पका पदाधिकारीद्वारा विजेताहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।

पायोनियर मोटो कर्प ड्याट्सन न्यू गो तथा ड्याट्सन रेडी गो ०.८ लीटर र १.० लीटर तथा गो प्लस का आधिकारिक बिक्रेता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित