आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

मुक्तिनाथ विकास बैंकको आकर्षक ब्याजदरमा दुई कर्जा योजना सञ्चालनमा

दैनिक नेपाल २०७६ फागुन १३ गते १७:१९

काठमाडौँ, १३ फागुन । मुक्तिनाथ विकास बैंकले आकार्षक ब्याजदरमा कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ विकास बैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी, घरजग्गा तथा फ्ल्याट/अपार्टमेन्टमा भएको स्व–लगानीमा डेट लेभेरेज लिने गरी इक्वीटी फाइन्यान्सिङ गरिने र अन्थ बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानी गर्न सकिने गरी मुक्तिनाथ घर पूँजी कर्जा सञ्चालनमा ल्याएको छ ।

घर पूँजी कर्जा आकर्षक ब्याजदरमा १५ वर्षको लागि लिन सकिनेछ । यसका साथै, बैंकले मुक्तिनाथ सरल व्यवसायिक कर्जा पनि सञ्चालनमा ल्याएको छ ।

यस कर्जा विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चालुपूँजी स्व–लगानीमा फाइन्यान्सिङ लेभेरेज लिने गरी उद्योग, व्यापार एंव सेवा मुलक संस्था व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने संरचना/पूर्वाधारमा लाग्ने पूँजीगत खर्चहरु परिपूर्ति र मौज्दात, आसामी, पेश्की लगायत स्थायी प्रकृतिका चालुपूँजी आवश्यकता पूरा गर्न तथा दैनिक कार्य सञ्चालनको लागि आवश्यक पर्ने अन्य कार्यशील पूँजीको लागि प्रदान गरिनेछ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित