
काठमाडौँ, १३ फागुन । गरिवी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले गरिबी निवारण नभई देशलाई आर्थिक समृद्धिको मार्गमा अघि बढाउन नसकिने बताएका छन् । गरिवी निवारण सम्बन्धी जिल्ला समन्वय समिति मोरङले आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले अगाडि भने, ‘प्रधानमन्त्रीले देशको भोकमरी हटे पनि गरिबी बाँकी रहेकोमा पटक पटक चिन्ता व्यक्त गर्दै आउनु भएको छ । सबै तहको सरकारको सामूहिक प्रयासबाट गरिवी निवारणका कार्यक्रमलाई प्रभावकारी ढंगले गर्नुपर्छ ।’
कार्यक्रममा मोरडका प्रमुख नरेश खरेलले गरिबी निवारण कार्यक्रमलाई अझ प्रभावकारी ढंगले संचालित गरिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी ध्यान वहादुर थापा, गाउँपालिकाका अध्यक्ष कैलासप्रसाद मण्डल, कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामक आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
गरिबी निवारण कोषका अधिकृत राममणी अधिकारीले कोषको कार्यक्रमको जानकारी दिएका थिए ।















प्रतिक्रिया