शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

फिल्मफेयरमा ‘गली व्वाई’को कीर्तिमान

दैनिक नेपाल २०७६ फागुन १३ गते ९:४२

मुम्बई । शनिबार सम्पन्न भएको ६५ औं फिल्मफेयर अवार्डमा ‘गली व्वाई’ले १४ वर्षको कीर्तिमान तोडेको छ । फिल्मले यस संस्करणमा कुल १३ विधाको अवार्ड जित्दै १४ वर्ष पुरानो कीर्तिमान तोडेको हो ।

फिल्मले अवार्डमा यस वर्ष सर्वाधिक अवार्ड जित्ने फिल्मसँगै फिल्म फेयरको इतिहासमा एकै वर्ष सर्वाधिक अवार्ड जित्ने फिल्मको समेत कीर्तिमान बनाएको छ । सन् २००५ मा रानी मुखर्जी तथा अमिताभबच्चन अभिनित ‘ब्ल्याक’ फिल्मले ११ विधाको अवार्ड जित्दै बनाएको कीर्तिमान तोडेको हो ।

सो समयमा ‘ब्ल्याक’ले १९९५ मा रिलिज भएको ‘दिलवाले दुल्हनिया ले जाएंगे’ र सन् २००२ मा ‘देवदास’ले जितेको १० अवार्डको कीर्तिमानलाई तोडेको थियो । ६५ औं फिल्म फेयरमा ‘गल्ली व्वाई’ले उत्कृष्ट फिल्मसहित उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा गरी १३ विधामा अवार्ड हात परेको छ ।

फिल्मको सूची

उत्कृष्ट फिल्म (क्रिटिक च्वाइस) : आर्टिकल १५

उत्कृष्ट अभिनेता क्रिटिक च्वाइस: आयुष्मान खुराना, आर्टिकल १५

उत्कृष्ट अभिनेत्री क्रिटिक च्वाइस : भूमि पेडनेकर र तापसी पन्नू (सांड की आंख)

उत्कृष्ट लिरिक्स : अपना टाइम आएगा (डिवाइन र अंकुर तिवारी)

उत्कृष्ट प्लेब्याक सिंगर (मेल) : कलंक नहीं (अरिजीत सिंह, ‘कलंक’)

उत्कृष्ट प्लेब्याक सिंगर (फीमेल) : घूंघरू टूट गए (शिल्पा राव, ‘वार’)

उत्कृष्ट ओरिजनल स्टोरी : अनुभव सिन्हा र गौरव सोलंकी (आर्टिकल १५)

लाइफ टाइम अचीवमेंट्स अवार्ड : रमेश सिप्पी

उत्कृष्ट प्रोडक्सन डिजाइन : सुजेंन कप्लान (गली व्वाई)

उत्कृष्ट छायांकन : जय ओजा (गली व्वाई)

अवार्ड अफ एक्सलिेंस इन फिल्म : गोविंदा

आरडी वर्मन अवार्ड फर अपकमिंग म्यूजिक ट्यालेन्ट : साश्वत सचदेव (उरी : द सर्जिकल स्ट्राइक)

उत्कृष्ट म्यूजिक एल्बम : ‘गली व्वाई’ र ‘कबीर सिंह’

उत्कृष्ट गीत रचना : डिभाइन र अंकुर तिवारी – अपना टाइम आएगा (गली व्वाई)

उत्कृष्ट डेब्यू अभिनेत्री : अनन्या पांडे (स्टूडेंट अफ द ईयर २)

उत्कृष्ट डेब्यू अभिनेता : अभिमन्यू दसानी (मर्द को दर्द नहीं होता)

उत्कृष्ट डेब्यू निर्देशक : आदित्य धर (उरीः द सर्जिकल स्ट्राइक)

उत्कृष्ट अभिनेता सपोर्टिंग रोल : सिद्धान्त चतुर्वेदी (गली व्वाई)

उत्कृष्ट अभिनेत्री सपोर्टिंग रोल : अमृता सुभाष (गली व्वाई)

उत्कृष्ट पटकथा : रीमा कागती र जोया अख्तर (गली व्वाई)

उत्कृष्ट सम्बाद : विजय मौर्या (गली व्वाई)

उत्कृष्ट फिल्म पपुलर : गली व्वाई

उत्कृष्ट निर्देशक : जोया अख्तर (गली व्वाई)

उत्कृष्ट अभिनेत्री लिडिंग रोल : आलिया भट्ट (गली व्वाई)

उत्कृष्ट अभिनेता लिडिंग रोल : रणवीर सिंह (गली व्वाई)

प्रतिक्रिया
सम्बन्धित