१ कार्तिक २०८३, आइतबार

अमेरिकी राष्ट्रपतिको सुरक्षामा खटाइयो ५ लंगुर

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

नयाँ दिल्ली, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आइपुगेका छन् । उनको सुरक्षाका लागि पाँच लंगुर पनि खटाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति ट्रम्प श्रीमतीसहित दुईदिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका हुन् ।

उनलाई विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए ।

ट्रम्प दम्पत्तिले भारतको आगरामा रहेको ताज महलमा भ्रमण गर्ने र त्यहाँ बाँदर थुप्रै भएकाले उनीहरूसँग लड्न र सुरक्षाका लागि पाँच लंगुर पनि खटाइएको इण्डिया टुडेले जनाएको छ ।

उनीहरूको सुरक्षाका लागि अमेरिकन सिक्रेट सर्भिस, पारामिलिटरी फोर्सका १० कम्पनी, पीएसी र एनइसजी कमान्डोको १० कम्पनीलाई खटाइएको छ ।

राष्ट्रपति ट्रम्ले विश्वकै विशाल क्रिकेट स्टेडियमको उद्घाटन गर्ने कार्यक्रम रहेको बीबीसी हिन्दीले जनाएको छ । –एजेन्सी