शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

एसियन च्यालेन्जर ट्रफी क्रिकेट प्रतियोगिता फागुन १४ देखि

दैनिक नेपाल २०७६ फागुन १२ गते १६:१८

-प्रतिक पौडेल
भैरहवा, १२ फागुन । एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगिता भैरहवास्थित सिद्धार्थ रंगशालामा फागुन १४ गते देखि हुने भएको छ ।

नेपालसहित ४ देशको ८ वटा टिमको सहभागिता रहने प्रतियोगिता क्विन्स प्रालिको आयोजना एवम राइनो स्पोर्ट्सको संयोजनमा आगामी फाल्गुन १४ देखि २१ सम्म भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने भएको हो ।

सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता बारे जानकारी दिएको हो । आयोजकका अनुसार एसियन च्यालेन्जर ट्रफी (क्लब) प्रतियोगितामामा नेपाल, भारत, बङ्गलादेस, पाकिस्तानको व्यावसायिक क्लवहरुको सहभागीता रहने छ ।

प्रतियोगितामा बङ्गलादेशको असरक स्पोर्ट्स ग्लोबल क्रिकेट क्लब, भारतको अल्फा वारियर्स, सराह क्रिकेट क्लव, पाकिस्तानको गुजरात लायन्स, नेपालको शोबिज स्पोर्ट्स, वेस्टर्न क्रिकेट क्लब नेपाल, शन्करनगर क्रिकेट क्लब र राइनो क्रिकेट क्लब नेपाल गरि कुल ८ टिमहरुको सहभागीता रहने जानकारी भैरहवा क्विन्सका एक्जुकेटिभ डाइरेक्टर निरज अर्यालले दिए ।

आयोजकका अनुसार सहभागी टिमहरुलाइ ४/४ टिमगरी दुई समुहमा विभाजन गरिनेछ भने हरेक समुहका विजेता र उपबिजेता सेमिफाइनल प्रवेश गर्नेछन ।

आयोजकका अनुसार विजेताले ३ लाख नगद पुरस्कार पाउने छ । प्रतियोगिताको लागि करिब १६ लाख लाग्ने जानकारी आयोजकले दिएको छ ।

जिल्ला क्रिकेट संघ रुपन्देहीका अध्यक्ष तथा क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) का केन्द्रिय सदस्य प्रशान्त बिक्रम मल्लले प्रतियोगिताले भैरहवामा रहेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको प्रवर्द्धनमा सहयोग गर्ने बताए ।

मल्लका अनुसार प्रतियोगिताका कारण सिद्धार्थ रंगशाला अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न पुर्ण रुपमा तयार छ भनेर सबैको सामुन्ने प्रमाणित गर्नेछ ।

प्रतियोगिताको प्रायोजकहरुमा ह्वक नेपाल, कामना सेवा बैंक, स्प्यारो एसएमएस रहेका छन् । एसियन च्यालेन्जर ट्रफि (क्लब) ले धुर्मुस सुन्तली फाउन्डेसनको सहकार्यमा रंगशाला निर्माणमा सहयोग गर्ने अभियान समेत सन्चालन गरेको छ । प्रतियोगितामा सहभागी हुने सम्पुर्ण खेलाडीहरु, प्राविधिकहरुको मेडिकल इन्सुरेन्स समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित