१ कार्तिक २०८३, आइतबार

‘हिजो आजका कुरा’ को माया जदौमा सेलिब्रेटीको भीड

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । कमेडी जनराको फिल्म ‘हिजो आजका कुरा’ मा समावेश माया जदौ बोलको गीत सोमबार सार्वजनिक गरिएको छ ।

साकार पन्तको डेब्यु निर्देशनमा वरिष्ठ अभिनेता सन्तोष पन्तको प्रस्तुति रहेको फिल्मको सो गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ । आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

भिडियोमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बास्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलिया, दिनेश डिसी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमीरे, जयनन्द लामा, शिबहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा विश्वकर्मा, जेबिका कार्की, नवीन के भट्टराई, नितेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सबिन शाक्य, मन्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधरलगायतका चर्चित कलाकारलाई प्रस्तुत गरिएको छ । नेपाली फिल्मको गीतमा यति धेरै सेलिब्रेटीलाई एकसाथ समेटिएको यो नै पहिलो हो ।

वैशाख १२ गते प्रदर्शन हुने फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलीया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

पन्त फिल्म प्रोडक्सनमा निर्मित फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सह निर्मातामा वैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । रवि सायमीले खिचेको फिल्मको कथा सन्तोष पन्तको हो भने सन्दीप किस्नाको पटकथा रहेको छ ।