
काठमाडौं, १२ फागुन । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । ७७ हजार भन्दा बढी प्रभवित भएको बताइएको छ ।
पछिल्लो समय कोरोना भाइरसको महामारी इरानमा फैलिएको छ । इरानमा अहिलेसम्म आठ जनाको मृत्यु भइसकेको छ भने ४३ जनामा संक्रमण देखिएको छ । इरानले कतिपय शहरलाईसमेत क्वारेन्टाइनमा राखेको छ ।
त्यहाँका मानिसहरुलाई घर बाहिर निस्कन सार्वजनिकस्थलमा जान निषेध गरिएको छ । भाइरसको संक्रमण बढ्दै गएपछि इरानले सीमामा कडाइ गर्नुका क्वारेन्टाइनको व्यवस्था गरेको छ ।तीव्र गतिमा फैलिइरहेको महामारीको संक्रमण रोक्नका लागि टर्की, पाकिस्तान, अफगानिस्तन र अर्मेनियालगायतका देशहरुले सीमामा कडाइ गर्नुका साथै नागरिकहरुलाई आवतजावत नगर्न आग्रह गरेका छन् ।















प्रतिक्रिया