३ कार्तिक २०८३, मंगलबार

फ्रेन्च लिग वान फुटबलमा गाेलकाे वर्षा, नेइमारलाई राताे कार्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १२ फागुन । नेइमारले गोल गर्न सकेनन्, तर उनी खेलको अन्तिम समयमा रातो कार्ड पाएर मैदानबाट बाहिरिन बाध्य भए ।

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले बोर्डक्सलाई ४–३ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा नेइमार इन्जुरी समयको दोस्रो मिनेट अर्थात ९२ औँ मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन् ।

पिएसजीका लागि २५ औँ मिनेटमा एडिन्सन काभानीले गोल गरे । यस्तै माक्र्वीन्होसले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेट तथा ६३ औँ मिनेटमा गोल गरे ।

केलियन एमबाप्पेले ६९ औँ मिनेटमा गोल गरेका हुन् । बोर्डक्सका लागि वाङ्गले १८ औँ मिनेट, नास्किमेन्तो डी क्यास्ट्रोले पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेट तथा पार्डोले ८३ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि शीर्षस्थानको पिएसजीको २६ खेलबाट ६५ अंक भएको छ ।