मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

नेपाल वायुसेवालाई निजीकरण गर्ने प्रस्ताव स्वीकृत

दैनिक नेपाल २०७६ फागुन ११ गते २१:४३

काठमाडौँ, ११ फागुन । नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने स्वीकृती जनाइएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले २५ प्रतिशत सेयर बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको बताइएको छ ।

अहिले शतप्रतिशत सरकारी स्वामित्वमा रहेको निगमको २२ प्रतिशत शेयर सर्वसाधारणलाई र ३ प्रतिशत शेयर निगमकै कर्मचारीलाई बिक्री गर्ने गरी प्रस्ताव अघि बढाइएको छ ।

समितिले यसबारे आवश्यक प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गर्ने गरी निर्णय पनि गरेको जनाइएको छ ।

वित्तीय संकट परेकोले यस्तो निर्णय गर्न लागिएको बताइएको छ । निगम घाटामा भएकोले यस कदमले केही राहत मिल्ने भन्दै यसो लागिएको समितिको ठहर छ । निगमको ऋण मात्रै अहिले ३८ अर्ब रुपैयाँभन्दा बढी छ ।

प्रतिक्रिया
सम्बन्धित