शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

पोखरामा भिजिट नेपाल कला प्रदर्शनी

दैनिक नेपाल २०७६ फागुन ११ गते २०:१४

पोखरा, ११ फागुन । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सफल बनाउन पोखरामा युवाहरुले भिजिट नेपाल प्रदर्शनी गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारलाई तीव्र तुल्याउन नेपाली चिनारी झल्काउने चित्र कला प्रदर्शनी गरिएको कार्यक्रम संयोजक रामकृष्ण भणडारीले बताए ।

पोखरा सार्वजनिक पुस्तकालयमा फागुन ९ र १० गते बिहान १० बजेदेखि ४ बजेसम्म चलेको उक्त कार्यक्रममा नेपाली चिनारी झल्काउने चित्रहरुसँगै अन्य कलाहरुको पनि प्रदर्शन गरिएको थियो ।

यस कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले कार्यक्रम स्थल अवलोकन गरी भिडियो मार्फत नेपाली संस्कृति बारेमा अझ बढी बुझ्ने अवसर पाएको बताए ।

यस कार्यक्रममा अमरसिंह माविका विद्यार्थीहरुले बनाएका कलाहरु समेत प्रदर्शनीमा राखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित