शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भुरिगाउँका प्रहरी निरीक्षक पाण्डे भए ‘उत्कृष्ट प्रहरी’

दैनिक नेपाल २०७६ फागुन ११ गते १६:५९

बर्दिया, ११ फागुन । इलाका प्रहरी कार्यालय बग्नाहा–भुरिगाउँमा कार्यरत प्रहरी निरीक्षक बसन्त पाण्डे महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । मासिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाले पाण्डेलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियामा आइतबार आयोजित एक समारोहकाबीच प्रहरी उपरीक्षक राजेशनाथ बास्तोललले निरीक्षक पाण्डेलाई उत्कृष्ट कार्य विवरण प्रमाण पत्र प्रदान गर्दै महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।

विभागीय मुल्य मान्यता आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लिन भई संगठित अपराध, अवैध हातहतियार खरखजना, चोरी, लागूऔषध र तस्कर जस्ता जघन्य प्रकृतिका घटना एवं अपराधको गहन विश्लेषण गरी सफल अनुसन्धान तथा नियन्त्रण गरी उच्च मनोवलका साथ अपराधिक गतिविधिमा सम्लग्न अभियुक्त तथा फरार अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याई आम नागरिकलाई सुरक्षाको प्रत्याभूती दिलाउनुका साथै प्रहरी संगठनको छवि उच्च बनाउने कार्य गरेकाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निरीक्षक पाण्डेलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित