मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

राजपासँग कुरा मिले प्रदेश २ मा सरकार फेरिन्छ : प्रचण्ड

दैनिक नेपाल २०७६ फागुन ११ गते १६:१७

जनकपुरधाम, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा राष्ट्रिय जनता पार्टी (राजपा)सँग कुरा मिले सरकार परिवर्तन हुनसक्ने बताएका छन् ।

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमाको आइतबार उद्घाटन गर्दै प्रचण्डले यस्तो संकेत गरेका हुन् ।

लामो धार्मिक यात्राको रुपमा चिनिने उक्त समारोहमा उपस्थितिले खुशी लागेको बताउँदै प्रचण्डले राजपासँग कुरा भइरहेको र टुंगो प्रदेश २ को सरकार फेरिने संकेत गरेका छन् ।

‘मिथिला मध्यमा परिक्रमाको पडावस्थलमा धर्मशाला, खानेपानी, शौचालय र सडकको स्तरोन्नती गर्नुपर्दछ,’ प्रचण्डले भने, ‘परिक्रमा क्षेत्रको विकास गर्न संघीय सरकारले विशेष योजना ल्याउने तयारी गरिरहेको छ ।’

धनुषाको ठेराकचुरी मठबाट मिथिला विहारीको डोलासँगै सुरु भएको परिक्रमा १५ दिनसम्म विभिन्न पडाव (ठाउँ) मा पुग्दै फागु पूर्णिमाका दिन सम्पन्न हुन्छ ।

यस वर्ष परिक्रमाको आरम्भमा ‘प्रचण्ड’ सहभागी भएका हुन् । रातो कुर्ता, पैजामा र रमरम्मा गम्छामा सजिएर परिक्रमा डोला उठाउन प्रचण्ड बिहानै मिथिला विहारी नगरपालिकाको कचुरी पुगेका थिए । उनले परिक्रमा यात्रीमाथि हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरे ।

प्रतिक्रिया
सम्बन्धित