शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

जेएफए लिग २०२० को उपाधि जेएफए सानेपालाई

दैनिक नेपाल २०७६ फागुन ११ गते १५:२३

काठमाडौँ, ११ फागुन । जेएफए लिग २०२० को उपाधि जुनियर फुटबल एकेडेमी (जेएफए) नेपालको सानेपा एकेडेमीले जितेको छ । शनिबार काँडाघारीस्थित अक्षरा स्कुलको खेलमैदानमा सम्पन्न फाइनल खेलमा जेएफए बालुवाटारलाई ३–१ गोलले पराजित गर्दै सानेपा एकेडेमीले उपाधि जितेको हो ।

तीन हप्तादेखि संचालमा रहेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । लिगकम नकआउट संरचनामा खेलाइएको खेलमा १२ वर्षभन्दा मुनीका खेलाडीहरुको संलग्नता रहेको थियो । प्रतियोगितामा सानेपा एकेडेमीकै अर्का टिम तेस्रो भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो । प्रतियोगिताबाट करेज न्यौपाने बेस्ट डिफेन्डर, प्रज्वल श्रेष्ठ मिडफिल्डर, आभानलाल श्रेष्ठ गोलकिपर, अन्जन प्रधान बेस्ट स्ट्राइकर र बाप्तिका कार्की राइजिङ प्लेयर घोषित भएका छन् ।

विजेता खेलाडीलाई जेएफएका अध्यक्ष रिजन खड्का, प्रमुख प्रशिक्षक तथा संस्थापक प्रज्वलप्रताप क्षेत्री, अक्षरा विद्यालयकी प्रिन्सिपल अञ्जु भट्टराई, वेल्स फुटबल संघका सदस्य डारोन ह्यारिस लगायतले पुरस्कार प्रदान गरे ।

कार्यक्रममा बोल्दै संस्थापक क्षेत्रीले आगामी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गर्दै लैजाने बताए ।

उनले यसअघि जेएफएले इन्डोर प्रतियोगिता मात्रै गर्दै आएकोमा अगामी दिनमा आउटटोर कार्यक्रमलाई पनि प्राथमिकतामा राख्ने र एकेडेमीका खेलाडीहरुलाई राष्ट्रभित्रमात्रै नभएर युरोप लगायतका बिभिन्न देशमा प्रतियोगिता खेल्न लैजाने कार्यक्रमलाई जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित