
काठमाडौँ, ११ फागुन । कोरोना भाइरसको संक्रमणका कारण सरकारले दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ ।
श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत हप्तादेखि कोरिया जाने कामदारहरुको उडान रोकेको हो ।
उनले कोरियास्थित दूतावाससँग सल्लाह गरेरै उडान रोकिएको बताइएको छ । सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् ।
तर, कोरियामा कोरोनाको संक्रमण फैलिँदै गएपछि आफ्ना नागरिकलाई सुरक्षित राख्न त्यहाँको अवस्था हेरेर मात्रै कामदारलाई पठाउन सुरु गरिएको छ ।
कामदारलाई सुरक्षित बनाउन ईपीएस शाखाले यस्तो कदम चालेको बताइएको छ ।















प्रतिक्रिया