१ कार्तिक २०८३, आइतबार

टर्की र ग्रीस पठाईदिन्छु भन्दै करिब ४० लाख ठग्ने पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ फागुन । टर्की र ग्रीस पठाइदिन्छु भन्दै करिब ४० लाख ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ रतुवामाई नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौँ चुच्चेपाटी बस्ने ५२ वर्षीय कमल प्रसाद पोखरेलले टर्की र ग्रीसमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भन्दै प्रलोभनमा पारेर ३२ जनाबाट रकम असुलेका थिए ।

पोखरेलले ३२ जनाबाट ३९ लाख ५६ हजार रुपैयाँ ठगी गरी फरार रहेका थिए । गोपि राम पराजुलीले महानगरीय प्रहरी अपराध महाशाखामा पोखरेलविरुद्ध ठगी ‍गरी फरार रहेको जाहेरी दिएका थिए ।

महाशाखाबाट खटिएको प्रहरी टोलीले पोखरेललाई फागुन ८ गते टेकुबाट पक्राउ गरी फागुन ११ गते वैदेशिक रोजगार विभाग बुद्वनगर, काठमाडौँमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पठाएको छ ।