४ कार्तिक २०८३, बुधबार

‘यात्रा’ लिएर आईन् लक्ष्मी (भिडियोसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन ।  ‘के हुँदैछ आजभोलि’‍‍को अपार सफलता पछि गायिका लक्ष्मी हमालले फेरि नयाँ ‘रक पप’गीत बजारमा ल्याएकी छन् ।
यो पल्ट भने उनले फरक शैलीमा ‘यात्रा’ बोलको रक पप प्रस्तुत गरेकी छन् । गीत युट्युबमा सार्वजनिक भइसकेको छ । शब्द र स्वर लक्ष्मी आफैँले दिएकी छन् । संगीत संयोजन भने सञ्जय हमालले गरेका छन् ।

यो गीतको म्युजिक भिडियो अझ ‘दमदार’ बनाइएको छ । जसमा र्‍यापर हस्ती निर्णय एनएसकेलाई समेत देख्न सकिन्छ । शशांक कँडेलले निर्देशन गरेको म्युनिक भिडियोमा १० जना कलाकारले काम गरेका छन् ।