
काठमाडौँ, १० फागुन । निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि अख्तियार दुरुपयोग आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानविन गर्ने भएको छ ।
७० करोड कमिसनको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बाँस्कोटामाथि अनुसन्धान गर्न नेकपा सचिवालय बैठकमा छानविन गर्ने जिम्मा अख्तियार र सीआईबीलाई दिने निर्णय गरिएको बताइएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको डिल गरेको अडियो सार्वजनिक भएको १२ घण्टा नबित्दै बिहीबार बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए ।















प्रतिक्रिया