१ कार्तिक २०८३, आइतबार

नेकपा सचिवालयमा एमसीसी र बाँस्कोटाको अडियोबारे छलफल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १० फागुन । सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा आवश्यक छलफल गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसी पारित गर्ने नगर्ने बारे अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गर्ने जनाइएको छ ।

संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ । अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनको विवरण पेश गरेका थिए ।

बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लेनदेनको अडियो सार्वजनिकपछि विवादमा आएर राजीनामा दिएका गोकुल बाँस्कोटाका विषयमा पनि छलफल भएको थियो ।