१३ कार्तिक २०८३, शुक्रबार

देशभरिको मौसमा बदली, हल्का वर्षाको सम्भावना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण हाल देशभरको मौसमा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आजपनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदली कायमै रहने जनाएकाे छ । महाशाखाका अनुसार चापीय प्रणालीको प्रभावले पश्चिमीका केही भू–भागमा हल्का वर्षा भैरहेको छ ।

महाशाखले पूर्वी पहाडी भू-भागका थोरै स्थानहरूमा साथै पश्चिमी तथा मध्य पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति भने पहाडी भेगमा आंशिक बदली भइ बाँकी भेगको मौसम सामान्यतया सफा रहनेछ ।