१३ कार्तिक २०८३, शुक्रबार

ड्रोन उडाएको भन्दै सन्दकपुरबाट एसएसबीद्वारा १० नेपाली पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन ।  इलामको पर्यटकीय क्षेत्र सन्दकपुरबाट ड्रोन उडाएको भन्दै भारतीय सशस्त्र सीमा बल एसएसबीले १० नेपालीलाई पक्राउ गरेको छ ।

सन्दकपुर क्षेत्रमा ड्रोनमार्फत दृश्य र भिडियो कैद गरिरहेका विज्ञान गौतम, विश्वास घिमिरे, निश्चल कार्की, देवेन्द्र सिटौला, कमल सुवेदी, दिपेन गौतम, शाहत रिजाल, निमेश भट्टराई, कृष्ण सापकोटालगायतलाई एसएसबीले पक्राउ गरेको हो । राष्ट्रिय निकुन्ज क्षेत्रभित्र उनीहरुले अवैध रुपमा ड्रोन उडाएका कारण पक्राउ गरिएको एसएसबीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई बुधबार नै दार्जिलिङको सुकेपोखरी प्रहरी चौकी पुर्‍याइएको थियो । उनीहरुविरुद्ध भारतीय दण्ड संहिताको धारा २८७, ३३६, ३४ का साथै एयर क्राफ्ट एक्टको धारा ११ र ११ (ए) अन्तर्गत मुद्दा दायर गरिएको छ । त्यस्तै राष्ट्रिय निकुञ्ज संरक्षणसम्बन्धी ऐनको धारा ५१ र ६१ अन्तगृत थप दुई मुद्दासमेत दर्ता गरिएको छ ।

दार्जिलिङ जिल्ला अदालतले अभियुक्तलाई ५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।