लण्डन, ८ फागुन । साबिक उपविजेता टोटनह्याम च्याम्पियन्स लिग फुटबलको यो सिजनमा नकआउट चरणको पहिलो खेलमै पराजित भएको छ ।
च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत बुधबार राति भएको पहिलो लेगको खेलमा इंग्लिस क्लब टोटनह्याम जर्मन बुण्डेसलिगा क्लब आरबी लेइप्जिगसँग पराजित भएको हो ।
आरबीले टोटनह्यामलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफमा आरबीले पेनाल्टी पाएर विजयी गोल गरेको हो ।
५८ औँ मिनेटमा पाएको पेनाल्टीमा आरबीका लागि टिमो वेर्नरले गोल गरेका हुन् । दोस्रो लेग आउँदो मार्च १० मा आरबीको मैदानमा हुनेछ ।















प्रतिक्रिया