४ कार्तिक २०८३, बुधबार

बलिउड नायिकाले जन्माइन् दोस्रो सन्तान

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका लिजा हेडन दोस्रो सन्तानकी आमा बनेकी छिन् । लिजाले छोरो जन्म‍ाएकी छिन् ।

उनले छोराको नाम लियो राखेकी छिन् । लिजाले सोसल मिडियामा छोराको तस्बिर सेयर गर्दै फ्यानलाई यसको जानकारी गराएकी हुन् ।

लिजाले आफ्ना छोराहरू ज्याक र लियोको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘यो सानो आशीर्वादले मेरो मन छोएको छ । यस्तो पहिला कहिल्यै भएको थिएन। जुन प्रेमले मैले उनीहरूलाई हेरिरहेको छु त्यसको बयान गर्न मसँग शब्द नै छैन। मलाई अझै विश्वास लागि रहेको छैन कि म यिनीहरूकी आमा हुँ ।’

२०१६ अक्टोबरमा डिनो लालवानीसँग विवाह गरेकी लिजाको यसअघि उनको एक छोरा थिए ।

१७ मे २०१७ मा उनले पहिलो सन्तान जन्माएकी थिइन् । लिजा २०१० मा प्रदर्शनमा आएको फिल्म ‘आइसा’ बाट बलिउडमा प्रवेश गरेकी हुन् ।

उनले क्विन, हाउसफुल-३ र ऐ दिल है मुस्किलजस्ता हिट फिल्ममा काम गरेकी छन् ।