शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भ्रष्टाचारविरुद्ध धादिङमा नागरिक निगरानी संस्था स्थापना

दैनिक नेपाल २०७६ फागुन ६ गते २१:२९


धादिङ, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार विरुद्धको सचेतना अभियानलाई सहयोग गर्न धादिङका सामाजिक अभियन्ताहरुले भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सँस्था स्थापना गरेका छन् ।

मंगलवार, जिल्ला प्रशासन कार्यालय धादिङमा आयोजित् एक कार्यक्रममार्फत् सँस्था स्थापना गरियको हो ।

देशमा बढ्दो भ्रष्टाचारलाई रोकथाम गर्ने र राज्यलाई पारदर्षी ढंगले अघि बढाउनका लागि जिल्ला तहबाट पहल गर्ने उद्देश्यले भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था स्थापना गरियको सामाजिक अभियन्ता केशव दुवाडीले बताए ।

कार्यक्रमकै अवसरमा ९ सदस्यीय कार्यसमिती समेत गठन गरियको छ । संस्थाको तदर्थ समितीको अध्यक्ष, प्रमोदराज रुपाखेती, उपाध्यक्ष शङ्कर तामाङ, सचिव केशव दुवाडी, सहसचिव टापबहादुर श्रेष्ठ, कोषाध्यक्ष सबिता अर्याल तथा सदस्यहरुमा कुमार कार्की, इश्वरी अर्याल, सानुबाबु बराइली (सीताराम) र देबकी पौडेल लगायत छन् ।

९ सदस्यीय कार्यसमिति गठन गरी संस्था मंगलबारै जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता समेत भएको छ ।

कर्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौटाका कार्यालय प्रमुख सहसचिव शिव कुमार कार्की, धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी,सशस्त्र प्रहरी नायब उपरिक्षक धिरेन्द्रराज न्यौपाने , अख्तियारका शाखा अधिकृत विकाश बिक तथा सिद्धलेक गाउँ पालिकाका शाखा अधिकृत विनोद अर्याल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित