शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

ज्यान मार्ने उद्योगमा गायक प्रकाश कटुवाल पक्राउ

दैनिक नेपाल २०७६ फागुन ६ गते १४:३८

काठमाडौं, ६ फागुन । लोक दोहोरी गायक प्रकाश कटुवाललाई ज्यान मार्ने उद्योगमा प्रहरीले पक्राउ गरेको छ । सोमबार उनीविरुद्ध उजुरी परेको थियो ।

बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आक्रमण गरेको आरोपमा कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

हाटेल व्यवसायी लालकाजी गुरुङलाई रड प्रहार गरी घाइते बनाएको भन्दै उनकी छोरी सोनिकाले सोमबार किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको हो ।

कटुवालमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । दुई जना युवाले होटल व्यावसायीलाई कुटपिट गरेका थिए । त्यसअघि गायक कटुवालले होटल छेउमा पत्नीले वान्ता गरेपछि होटल साहुलाई धम्क्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित