
काठमाडौं, ६ फागुन । मङ्गलबार पूर्वी पहाडको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीको असर देखिएको छ । यही असरका कारण पहाडी भेगमा दिनभर बदली भइ पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।
यस्तै बुधबार देशभरि नै बादल लागेर पहाडका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने मौसमविद् पोखरेलले बताउनुभयो । आउँदो बिहीबार देशभर सामान्यदेखि मध्यमस्तरको पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशााखाले अनुमान गरेको छ ।
मङ्गलबार काठमाण्डौ उपत्यकाका धेरैजसो ठाउँमा दिनभर नै तुवाँलो लाग्ने मौसमविद्ले बताएका छन् ।















प्रतिक्रिया