बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कोरोना भाइरस : मृतकको संख्या १९ सय पुग्यो, तीन हजार स्वास्थ्यकर्मी संक्रमित

दैनिक नेपाल २०७६ फागुन ६ गते ८:३३

काठमाडौं, ६ फागुन ।   चीनमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या करिव एक हजार नौ सय पुगेको छ । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै हिजो एकै दिन ९३ जनाको मृत्यु भएको छ ।

अन्य २६ देशमा पनि कोरोना फैलिएको छ । कोरोनाको महामारी फैलिएपछि विभिन्न देशले चीनको भ्रमण गरेर फर्किएका नागरिकलाई कम्तिमा दुई साता क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन् ।

त्यसैगरी चीनसँगका सीमानाकाहरुमा पनि चेकजाँचमा कडाइ गर्नुका साथै आवागमनमा रोक लगाइएको छ । त्यसैगरी नयाँ वर्ष मनाएर बेइजिङ फर्कने नागरिकलाई पनि अनिवार्य दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाइएको छ ।

कोरोनाको संक्रमणबाट ७३ हजार चार सय भन्दा बढी प्रभावित भएका छन् । कोरोनाका कारण तीन हजार भन्दा बढी स्वास्थ्यकर्मी पनि प्रभावित भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित