लसएन्जलस । अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल छानिएका छन् । आइडलको १८औँ सिजनमा आइतबार टप २० छानिएको थियो ।
काठमाडौंमा जन्मिएका दिवेशको स्टेज नाम आर्थर गन रहेको छ । उनले बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गाएका थिए। पोखरेल अमेरिकाको कन्सास राज्यको विचिटामा बस्दै आएका छन् ।
उनको पहिलो गीतमा निर्णायक मण्डलले सन्तुष्टि जनाउँदै ताली बजाएका थिए । त्यसपछि दिवेशले अर्को गीत गाए । अर्को गीतपछि उनको प्रसंशा मात्रै भएन निर्णायक मध्येका लियोनल रिचीले उनलाई अंकमाल समेत गरेका थिए ।
दिवेश पाँच वर्षअघि अमेरिका आएका थिए । उनले केही नेपाली गीत समेत गाएका छन् । उनले गाएका गीत युट्युवमा सुन्न सकिन्छ ।















प्रतिक्रिया