१ कार्तिक २०८३, आइतबार

२२ वर्षपछि फरार अभियुक्त पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ५ फागुन । जिल्ला प्रहरी कार्यालय धादिङले २२ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धादिङ जिल्ला सिद्धलेक गाउपालिका वडा नं.२ बस्ने ५२ वर्षीय राम बहादुर अर्याल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

अर्याललाई पक्राउ गरेर धादिङ जिल्ला अदालत समक्ष पेश गरी कैद भुक्तानको लागी सोमवारैै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।

अर्याललाई धादिङ जिल्ला अदालत धादिङले २०५४ मंसिर २० गतेको फैसलाले १ महिना १५ दिन कैद र र्२ हजार जरिवाना तोकेको थियो ।