शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

महरा यसरी भए थुनामुक्त (फोटोसहित)

दैनिक नेपाल २०७६ फागुन ५ गते १७:११

काठमाडौँ, ५ फागुन । पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजारस्थित कारागारबट छुटेका छन् ।

सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई बलात्कार मुद्दामा सफाइ दिएलगत्तै उनी थुनामुक्त भएका हुन् ।

गत असोज १२ गते राति संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको र कुटपिट गरेको उजुरी परेपछि प्रहरीले असोज १९ गते महरालाई निवासबाट पक्राउ गरेको थियो ।

त्यसबेला महरा प्रहरीको गाडीमा चढ्न मानेका थिएनन्। उनी बा १८ च ४०० नम्बरको निजी रातो कार चढेर प्रहरीकोमा गएका थिए । त्यसबेला महानगरीय अपराध महाशाख र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले महरालाई निवासबाटै पक्राउ गरेको थियो ।

तीन महिना १७ दिन डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका महरा सोमबार अपरान्ह थुनामुक्त हुँदा पनि सोही रातो कार चढेर निवास फर्केका छन् । महरा खुमलटारस्थित निवास गएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित