शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस, तेस्रो दिन १० खेल हुँदै

दैनिक नेपाल २०७६ फागुन ५ गते १५:२५

काठमाडौँ, ५ फागुन । काठमाडौँमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा आज कुल १० खेल हुँदैछन् ।

तेस्रो दिन लिग चरण अन्र्तगतका ६ खेल हुँदैछन् जसमध्ये पहिलो खेलमा भारतीय राजदुतावासको टोली मेगा बैंकविरुद्ध खेल्दैछ भने दोस्रो खेलमा नेपाल लाईफ इन्सुरेन्स र प्राईम बैंक आमनेसामने हुँदैछन् ।

त्यस्तै, तेस्रो खेलमा मेगा बैंक र सिप्रदी, चैथो खेलमा कामना सेवा विकास बैंक र कुमारी बैंक, पाँचौँ खेलमा माछापुच्छ्रे« बैंक र सनराईज बैंक तथा लिग चरणको अन्तिम खेलमा सिप्रदी र भारतिय राजदुतावासको टोली एकआपसमा प्रतिस्पर्धा गर्नेछन् ।

लिगचरण खेल पछि आजै नकआउट चरणका ४ खेल पनि कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा हुनेछन् ।

यसैगरी हिजो दोश्रो दिनको खेलमा सुबिसु, सिभिल बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक, नबिल बैंक, नेपाल टेलिकम, सेन्चुरी बैंक र कुमारी बैंकले जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा सुबिसुले नबिल बैंकलाई १ रनले पराजित गर्यो । सुबिसुले दिएको ६१ रनको लक्ष्य पछ्याउने क्रममा नबिलले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो ।

त्यस्तै दोश्रो खेलमा सिभिल बैंकले प्राइम कमर्सियल बैंकलाई ११ रनले पराजित गरेको थियो । सिभिलले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा प्राइमले ५१ रन बनाएको थियो ।

दिनको तेश्रो खेलमा मुख्य प्रयोजक माछापुच्छ्रे बैंकले सुर्य नेपाललाई ५ रनले पराजित गर्यो । माछापुच्छ्रेले दिएको ६० रनको लक्ष्य पछ्याउने क्रममा सुर्य नेपालले निर्धारित ५ ओभरमा ५४मा समेटिएको थियो ।

त्यसैगरी चौथो खेलमा एनआईसी एसिया बैंकले नेपाल राष्ट्र बैंकलाई ९ रनले पराजित गर्यो भने पाँचौ खेलमा सिभिल बैकले दोश्रो जित दर्ता गर्ने क्रममा नेपाल लाइफ इन्सुरेन्सलाई ५२ रनले पराजित गर्यो ।

यता छैठौं खेलमा कामना सेवा विकास बैंकले द काठमाडौँ पोस्टलाई ३७ रनले पराजित गर्यो । त्यस्तै सातौँ खेलमा नबिल बैंकले सुबिसुलाई ५ विकेटले पराजित गर्यो । दिनको आठौँ खेलमा नेपाल टेलिकमले एनसेल ’बि’ लाई १८ रनले पराजित गर्यो

दिनको नवौं खेलमा सेन्चुरी बैंकले एनआईसी एसिया बैंकलाई ६ विकेटले पराजित गर्यो । एनआईसी एसिया बैंकले दिएको ६३ रनको लक्ष्य सेन्चुरीले विकेट नगुमाई पुरा गर्यो । दिनको दशौँ तथा अन्तिम खेलमा कुमारी बैंकले द काठमाडौँ पोस्टलाई ५ विकेटले पराजित गर्यो ।

प्रतिक्रिया
सम्बन्धित