शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

टोटनह्याम इंग्लिस प्रिमियर लिगकाे पाँचौँ स्थानमा उक्लियाे

दैनिक नेपाल २०७६ फागुन ५ गते १०:१५

लण्डन, ५ फागुन । शीर्ष चारको होडमा रहेको टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै पाँचौँ स्थानमा उक्लिएको छ ।

अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टोटनह्यामले एस्टन भिल्लालाई ३–२ ले पराजित गरेको हो । टोटनह्यामका लागि २७ औँ मिनेटमा टोबी एल्डरवाइयरल्ड तथा सन हेङ–मिनले पहिलो हाफको इन्जुरी समयको दोस्रो तथा दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा गोल गरे ।

टोटनह्यामका एल्डरवाइयरल्डले नवौँ मिनेटमा आत्मघाती गोल गरेका थिए । यस्तै एस्टन भिल्लाका इनगेल्सले ५३ औँ मिनेटमा गोल गरे ।

जितपछि पाँचौँ स्थानमा पुगेको टोटनह्यामको २६ खेलबाट ४० अंक भएको छ । एक खेल कम खेलेको चौथो स्थानको चेल्सीको ४१ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित