लण्डन, ५ फागुन । जापानको तटीय क्षेत्रमा क्वारेन्टाइनमा राखिएको क्रुज सिप डायमण्ड प्रिन्सेजमा रहेका आफ्ना नागरिकलाई अमेरिकालाई दुईवटा जहाज मार्फत स्वदेश लगेको छ ।
सोमबार बिहानै जापानको टोकियोमा रहेको हानेदा विमानस्थलबाट आफ्ना नागरिक लिएर अमेरिकी विमान स्वदेश फर्किएको जापानको केयोडो समाचार संस्थाले जनाएको छ ।
क्रुज सिपमा झण्डै ४०० जना अमेरिकी थिए । फेब्रुअरी ३ देखि जापानको तटमा सो पानी जहाज निगरानीमा राखिएको थियो । पानी जहाजमा रहेकाहरुलाई दुई हप्तासम्म निगरानीमा राखिएपछि अमेरिकाले आफ्ना नागरिकलाई विमान चाटर्ड गरेर स्वदेश लगेको हो ।
चीनमा महामारीका रुपमा फैलिएको कोभिड–१९ भनिने नोवेल कोरोना भाइरसको संक्रमणको भयका कारण पानी जहाजलाई तटीय क्षेत्रमै क्वारेन्टाइनमा राखिएको हो ।
पानी जहाजमा रहेको कम्तिमा ४० जना अमेरिकी कोभिड–१९ का कारण संक्रमित भएका छन् । उनीहरुको जापानमै उपचार हुनेछ ।
जापानको योकोहामा तटमा चालक दलका सदस्या तथा यात्रु गरी ३७ सय जना रहेको डायमण्ड प्रिन्सेजलाई निगरानीमा राखिएको हो ।
यो पानी जहाजबाट हङकङमा झरेका एक व्यक्तिमा भाइरसको संक्रमण देखिएपछि जापानमा सबैलाई झर्न नदिइ क्वारेन्टाइनमा राखिएको हो।
सो पानी जहाजमा रहेका ३५५ जनामा कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको जापानले जनाएको छ । अमेरिकाले स्वदेश लगेपछि पनि सबैलाई १४ दिनको क्वारेन्टाइनमा राख्ने छ ।















प्रतिक्रिया