१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन ।  कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १७ सय ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप एक सय जनाको ज्यान गएसँगै चीनमा १७ सय ६५ र चीन बाहिरका चार देशमा एक-एक जना गरी १७ सय ६९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । गएको २४ घण्टामा कोभिड १९ का २ हजार ४८ नयाँ बिरामी भेटिएका छन् ।

योसँगै चीनमा संक्रमितको संख्या ७० हजार ९ सय ८८ पुगेको छ । कोरोना सुरु भएको हुवेईमा मात्र १६९२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । पछिल्ला दिनमा कोरोनाका कारण ज्यान गुमाउने र नयाँ संक्रमण हुने दर भने घटिरहेको छ ।

यसैबीच ४० जना अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जापानमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकीमध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरोनाको संक्रमण देखिएपछि उनीहरुलाई जापानमै राखेर उपचार सुरु भएको छ । बाँकी ३ सय ६० जना अमेरिकी भने स्वदेश फर्किरहेका छन ।