शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एक दिवसीय क्रिकेटमा नेपाल एक स्थानमाथि उक्लियो

दैनिक नेपाल २०७६ फागुन ५ गते ८:२१

काठमाडौं, ५ फागुन ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७ औं बाट १६ औं स्थानमा उक्लिएको छ । नेपालले घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ४ खेलमा २ जित निकालेको थियो ।

जसमा नेपालले अमेरिकालाई हरायो भने ओमानसँग दुवै खेलमा पराजित भएको थियो । नयाँ वरियतामा नेपालले १२ खेलमा २० रेटिङ अंक पाएको छ ।

नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित