४ कार्तिक २०८३, बुधबार

नवराज घोरासैनीको दश वर्षपछि कम्ब्याक, ल्याए ‘मिर्मिर कपालैमा’

10k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वरिष्ठ गायक नवराज घोरासैनीले झण्डै १० वर्षपछि आफूलाई कब्याक गराएका छन् ।

गायक घोरासैनीले ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत संगीतमा कम्ब्याक गराएका हुन् । आफ्नै शब्द, स्वर र संगीतमा गायक घोरासैनीले ‘मिर्मिर कपालैमा’ ल्याएका छन् ।

‘मिर्मिर कपालैमा’ बोलको गीतमा गायक घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिएकी छिन् । गीत अत्यन्तै गलितो बनेको गायक घोरासैनीले बताएका छन् ।

‘लामो समयको अन्तरालपछि ‘मिर्मिर कपालैमा’ ल्याएर आएको छु’, उनले भने, ‘गीत संगीतबाट म हराएको छैन भन्ने सन्देश दिन पनि ‘मिर्मिर कपालैमा’ ल्याएको छु ।’

यसअघि गायक घोरासैनीले ०५८ साल साउन महिनामा ‘घुम्तीनेर भेट भयो…’ बोलको गीत ल्याएका थिए । त्यस बेला यो गीत सुपरडुपर हिट भएको थियो ।

गायक घोरासैनीले थुप्रै गीतहरूमा स्वर पनि दिए । तर, गायक घोरासैनीको ‘घुम्तीनेर घेट भयो’लाई अरु गीतले उछिन्न सकेन ।

गायक घोरासैनीले ‘घुम्तीनेर लेट भयो’ बोलको गीतकै मीठासमा ‘मिर्मिर कपालैमा’ गीत ल्याएका छन् । काँठे भाकाको ‘मिर्मिर कपालैमा’लाई गायक घोरासैनीले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् ।

गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका छन् । एसराज गराच र जेबिका कार्कीले भिडियोमा अभिनय गरेका छन् । गीतको रेकर्डिङ मारुनी डिजिटल्समा गरिएको छ ।