सोमबार, १५ असार २०७७
DainikNepal.com
सोमबार, १५ असार २०७७

जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र स्थान दिइँदैन : नेता शर्मा

दैनिक नेपाल २०७६ फागुन ४ गते २१:५९

फाइल तस्वीर

जाजरकोट, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टी्भित्र कुनै स्थान नरहेको बताउनुभएको छ ।

कर्णाली प्रदेश प्रेस सङ्गठन नेपालले रुकुम पश्चिम चौरजहारीमा गरेको भेला तथा शपथग्रहण कार्यक्रममा पार्टीका राम्रा कामको प्रचार र गलत कुराको आलोचना गर्न पाउनु जनताको अधिकार भएको भन्दै उहाँले सरकार दलाल र माफियाको जालो घेराबन्दीमा परेको बताउनुभयो । छिटो त्यो जालो तोड्न प्रधानमन्त्रीलाई उहाँले आग्रह गर्नुभयो ।

केन्द्रले कर्णालीको आवाज कम सुन्छ भन्दै उहाँले कर्णालीमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । दुई वर्षदेखि रुकुम पश्चिममा सङ्घीय सरकारको बजेट रोकिएको तथा कर्णालीको विकास लगानी कम भएको भन्दै उहाँले राज्यले कर्णालीलाई हेला गरेको जिकिर गर्नुभयो ।

उहाँले यहाँको विकासका लागि पत्रकारितामार्फत बुलन्द आवाज उठाउन पत्रकारलाई आग्रह गर्नुभयो । “जनताको आलोचना नै हाम्रो ऊर्जा हो”, शर्माले भन्नुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित