बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

राष्ट्रपतिसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट

दैनिक नेपाल २०७६ फागुन ४ गते २०:२१
काठमाडौँ, ४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका  संयुक्त अधिराज्य बेलायतको सेनाका सेनाध्यक्ष सर मार्क कार्लटन स्मिथले आज शिष्टचार भेटवार्ता गर्नुभएको छ ।
नेपालको चार दिवसीय भ्रमणका लागि शनिबार यहाँ आइपुग्नुभएका सेनाध्यक्ष स्मिथले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाध्यक्ष स्मिथले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा वीर स्मारकमा माल्यार्पण गर्नुभएको थियो । उहाँको सम्मानमा जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
उहाँले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गर्नाका साथै पोखराको अवलोकन गर्नुहुनेछ । –रासस
प्रतिक्रिया
सम्बन्धित