शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

७७ जिल्लाका युवाहरु सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०२० हुने

दैनिक नेपाल २०७६ फागुन ४ गते १९:१०

काठमाडौँ, ४ फागुन । नेपाल युवा परिषदले विगतका वर्षहरुमा झैँ यो वर्षमा पनि नेपाल अधिराज्यभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई राजधानीमा ल्याई अन्र्तराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० आयोजना गर्न लागेको छ ।

निर्वाचनमा युवाको भूमिका, सुशासन, जलवायु परिवर्तन, लैंगिक समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो विकास लक्ष्य र दिगो पर्यटन नेपाल भ्रमण वर्ष २०२० लाई मुख्य विषय बनाई आयोजना गर्न लागेको नेपाल युवा परिषदका संस्थापक एवं अध्यक्ष सरोज बानियाँले जनाएका छन् । यस सम्मेलन राजधानीमा आगामी अगष्ट ९, १०, ११ र १२, २०२० अर्थात श्रावण २५, २६, २७ र २८, २०७७ सम्म चल्नेछ ।

४ दिनसम्म चल्ने सम्मेलनमा २२० जना युवाहरुको सहभागिता रहनेछ जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ भने अन्य ६६ जनामा विभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुनेछ भन्ने कुरामा आयोजक विश्वस्त रहेको छ र जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ ।

विगतका वर्षहरुमा झैँ यस वर्ष पनि १८ देखि ३० वर्ष उमेर समुहका युवाहरु आफ्नै स्थानीय तह वा आफ्नै जिल्लामा नै रही अध्ययन गरिरहेका वा व्यवसाय संचालन गरिरहेका वा सामाजिक रुपमा कार्यहरु गरिरहेका युवाहरुले मात्र राष्ट्रिय युवा सम्मेलन २०२० मा सहभागि हुन पाउनेछन् ।

उक्त सम्मेलनमा सहभागि हुन आउने युवाहरुले स्थानिय सरकारसंग सोही जिल्लामा अध्ययन गरि बसिरहेको वा व्यवसाय गरि बसिरहेको वा सामाजिक क्षेत्रमा क्रियाशील रहेको हो भनि सिफारिस पत्र लिएर मात्र सम्मेलनमा सहभागी हुन पाउनेछ ।

प्रत्येक प्रदेशका सहभागीहरुले सम्मेलनमा सहभागी हुन आउनु भन्दा अगाडी पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ती मुख्यमन्त्रीलाई बुझाउनुपर्नेछ साथै सम्मेलनमा सहभागी भई गए पश्चात् पनि सम्मेलनको घोषणापत्र र प्रेस विज्ञप्ती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, प्रदेश योजना आयोग र स्थानीय निकायहरुलाई बुझाउनेछन् ।

साथै उक्त घोषणापत्र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायतका सरोकारवाला नियकायहरु बुझाई आगामी वर्षको नीति तथा कार्यक्रमा युवाको सवालहरुलाई प्राथमिकता साथ समेट्न पहल गर्ने गरी यस सम्मेलनको तयारी गरी रहेको आयोजकले जानकारी गराएको छ । नेपाल युवा परिषदको ७ ओटै प्रदेशमा आफ्नो प्रदेश संयोजकहरुले सक्रिय रुपमा कार्य गरिरहेका छन् ।

यसपटकको सम्मेलनमा प्रत्येक प्रदेशलाई १/१ स्टल दिईन्छ । जहाँ सहभागीहरुले आफ्नो प्रदेशको कला संस्कृति, पर्यटनलाई प्रवद्र्धन गर्ने विभिन्न सामाग्री प्रदर्शनको लागि राख्न पाउनेछन् उक्त स्टल ४ दिनसम्म नै कार्यक्रम स्थलमा राखिनेछ ।

४ दिनको अवधिभरि राखिने स्टलहरुमा प्रत्येक प्रदेशको संस्कृति, पर्यटन र भेषभुषालाई प्रवद्र्धन गर्नको निम्ति राखिने साम्रगीहरु सहभागिहरुले आफैले ल्याउनु पर्ने हुन्छ ।

सम्मेलनमा युवा सांस्कृतिक साँझको आयोजना पनि गरिनेछ जहाँ सबै सहभागीहरुले अनिवार्य रुपमा आफ्नो जातिय पोसाकमा सहभागीता जनाउनु पर्नेछ । गत वर्ष झैं यसपटक पनि प्रत्येक प्रदेशले बनाएको विभिन्न कार्ययोजना मध्ये एक उत्कृष्ट कार्ययोजनालाई सिडमनी प्रदान गरिनेछ ।

सम्मेलनमा निर्वाचनमा युवाको भूमिका, सुशासन, जलवायू परिवर्तन, लंैगिक समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो विकास लक्ष्य र दिगो पर्यटन (नेपाल भ्रमण वर्ष २०२०) लाई मुख्य विषय बनाई विभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ ।

नेपालको कुल जनसंख्याको करिव ४१ प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिकामा आउन वा ल्याउन आवश्यक देखिन्छ तबमात्र नेपालमा परिवर्तन आउछ भन्ने विश्वास आयोजकले लिएको छ ।

“युवा परिवर्तनको संवाहक हुन्” भन्ने नाराको साथ काम गर्दै आईरहेको नेपाल युवा परिषदले हरेक वर्ष नेपाल अधिराज्यभरिबाट युवाहरुलाई राजधानीमा भेला गराई राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दैे आइरहेको छ ।

पहिलोपटक राष्ट्रिय युवा सम्मेलन २०१५ आयोजना गर्दा ५२ जिल्ला, राष्ट्रिय युवा सम्मेलन २०१६ मा ६८ जिल्ला, त्यसैगरि सन् २०१७ मा ७४ जिल्ला, २०१८ मा ७७ वटै जिल्लाका २०४ र २०१९ मा ७७ वटै जिल्लाका २०४ जना युवाहरुको सहभागितामा राष्ट्रिय युवा सम्मेलन आयोजना गर्न सफल भईसकेको छौ ।

साथै २०१८ मा ७ ओटै प्रदेशमा युएनडिपी नेपालको सहकार्यमा एसडिजी फेस्टिबल आयोजना गरी दिगो विकास लक्ष्य प्राप्ती गर्न र दिगो विकास लक्ष्यलाई स्थानियकरण गर्न पनि नेपाल युवा परिषद धेरै नै सक्रिय रहेको छ ।

सन् २०१८ मा सम्पन्न भएको “राष्ट्रिय युवा सम्मेलन २०१८” मा हरेक प्रदेशबाट प्रस्तुत गरेको योजनाहरुबाट १/१ ओटा योजनालाई कोकाकोला नेपालसँगको आर्थिक सहकार्यमा रु. ७५,००० सिड फण्ड उपलब्ध गराई हरेक प्रदेशमा योजना कार्यन्वयन भईसकेको छ ।

२०१९ मा विश्व पर्यटन दिवसको अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत एवं सफल पार्नका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयः वातावरण विभागको सहकार्य, नविल बैकंको मुख्य प्रायोजन र कोकाकोला नेपालको विशेष सहयोगमा ७७ वटा जिल्लाका ७७ वटा साँस्कृतिक सम्पदाका स्थलहरुमा ६७४२ जना युवाहरुको प्रत्यक्ष सहभागीतामा र ३८१ वटा अन्य संघसंस्थाका सहकार्यमा एकै पटक राष्ट्रियस्तरको वृहत सरसफाई कार्यक्रम २०७६ सम्पन्न गर्न सफल भएको थियो ।

साथै २०१९ मा हरेक प्रदेशमा “प्रदेश युवा सम्मेलन २०१९” गरी स्थानीय तहमा रहेका युवाहरुलाई क्षमता अभिवृद्धि गर्न र सम्मेलनले तयार गरेको कार्ययोजनालाई प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश योजना आयोगलाई बुझाउन सफल भएको आयोजकको अनुभव छ ।

जसले गर्दा आगामी वर्षको निति तथा कार्यक्रमम युवाको सवालहरुलाई प्राथमिकता साथ समेट्न पहल हुने कुरामा नेपाल युवा परिषद निकै नै आशावादी रहेको छ ।

सन् २०२० मा ७ वटै प्रदेशमा दोस्रो “प्रदेश युवा सम्मेलन २०२०” आयोजना गर्न लागिएको हो जहाँ युवा उद्यमशीलता, सुशासन, निर्वाचनमा युवाको भुमिका, जलवायु परिवर्तन, टुरिजम र दिगो विकास लक्ष्य विषयहरुमा विशेष कार्यक्षेत्र बनाई आगामी अप्रिल देखि जुलाईको अन्तिम साता सम्म सक्ने गरी तयारी भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित