
रौतहट, ४ फागुन । रौतहटको गरुडा नगरपालिकाकी डिपुटी मेयर रंगिला देवी जयसवालले नगरका निमित प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलम आफुलाई स्वीकार्य नरहेको बताएकी छन् ।
आलम दुईसाता अघि मात्रै गरुडा नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
मेयर ईनु राय यादवले आफनो असहमतीको बावजुद आफना मनपरी ढंगले आलमलाई नगरपालिकाको हाकिम बनाएको डिपुटी मेयर जयसवालले आरोप लगाएकी छन् ।
नगरपालिकामा उप सचिवको दरबन्दी रहेपनि मेयर यादवले उप सचिवलाई नल्याएर आफनो व्यक्तिगत फाईदाको लागि निमिति प्रशासकिय अधिकृत मुस्ताक आलमलाई ल्याएको उपमेयर रंगिला देवी जयसवालले बताईन् ।
खानेपानी डिविजन कार्यालय गौरमा ईन्जीनीयरको रुपमा कार्यरत आलमलाई नगरपालिकाको प्रमुख हाकिम बनाईएकोमा आलमलाई आफुले कुनै पनि हालम स्वीकार्य नगर्ने उनले बताईन् ।
उपप्रमुख जयसवाल हालका अधिकृत आलमलाई हटाएर प्रमुख प्रशासकीय अधिकृतमा उप सचिवलाई ल्याउन माग गरेकी छन् ।















प्रतिक्रिया