१ कार्तिक २०८३, आइतबार

महराको मुद्दामा बहस सकियो, फैसला भाेलिमात्रै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ फागुन । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दाको अन्तिम सुनुवाई सकिएको छ ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा आइतबार अन्तिम सुनुवाइ भएको थियो । सुनुवाईमा महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, भीमार्जुन आचार्यलगायत आठ जनाअधिवक्ताले बहस गरेका थिए ।

त्यस्तै सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरुले बहस गरेका थिए । बहस सकिए पनि अध्ययनका लागि समय नपुगेकाेले  फैसला भाेलमात्र आउने अदालतले जनाएको छ ।

महराविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो । उनीविरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो ।